नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले खोटाङ जिल्लाको पर्यटन विकासमा सक्रियता देखाएका छन् । काठमाडौंमा लामो समयदेखि व्यवसायमा सक्रिय कटुवाल व्यवसायीहरुको छाता संगठनको रुपमा स्थापित भएको महासंघका अध्यक्ष हुन् ।
खोटाङ जिल्लामा जन्मिएका कटुवालले आफ्नो जन्मभूमीलाई केहि योगदान गरौ भन्ने हेतुले सक्रियता बढाएको जानकारी दिए । महासंघ अध्यक्ष कटुवालले केहिदिन अघि पूर्वप्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता झलनाथ खनाल सहितको टोलिलाइै खोटाङ पुर्याएका थिए ।
हलेसी महासेव, देवीथानको मन्दिरसहित विभिन्न ग्रामीण भेगको अवलोकन गरी पर्यटन क्षेत्रको रुपमा विकास गर्न आफूले सत्रयता देखाउने अध्यक्ष कटुवालको प्रतिवद्धता छ ।
उनले भने, ‘खोटाङमा पर्यटन विकासको सम्भावना धेरै छ, यसमा सरकारी तबरको ध्यान जानु आवश्इक छ ।’ सरकारले मनाउन लागेको पर्यटन पर्ष २०२० लाई सफल बनाउन खोटाङका लागि पनि सरकारले केहि सोच्न पर्ने उनले बताए । अध्यक्ष कटुवालले खोटाङको ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरुको संरक्षणका लागि ध्यान दिनु पर्ने बताए ।




















प्रतिक्रिया