Logo

लुम्बिनी प्रदेश

हिजो हामिलाई सुरक्षा दिने जनताको घर हामिले किन सुरक्षित नगर्ने : अध्यक्ष घर्ती



सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले आजबाट ८ वटै वडाहरुमा जस्तापाता वितरण कार्यक्रमलाई अगाडि बढाउने भएको छ । गत वर्षबाट सञ्चालनमा आएको फुसको छानो विस्तापन अभियानलाई यस वर्ष पनि जोडिएको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बताए ।

हिजो राजनितीक दौरानका क्रममा तिनै जनताहरुले हामिलाई सुरक्षा दिनुभयो, खाना, बस्नको लागि राम्रो व्यवस्था गरे ।

राजनितीकको क्रममा उहाँहरुको घरमा पुग्दा हिउदको खडेरीमा धेरैको घर, सम्पती जलेर नष्ट भएको देखे, बर्षातको क्रममा पानी चुहिएको मैले आफ्नै आँखाले देख्ने र भोग्ने गरे त्यतिवेला मलाई दुःखले मन पोल्ने गथ्र्यो र मैले अठोट लिए हिजो हामिलाई खाना, बस्न र सुरक्षा दिनुहुने तिनै जनताहरुको घर किन हामिले सुरक्षित नगर्ने त ? त्यसैले जसरी पनि हामिले उहाँहरुको घर सुरक्षित बनाउनको लागि यो अभियानलाई अगाडि ल्याएको हुँ अध्यक्ष घर्तीले भने ।

गाउँपालिका भित्र २१५० घरधुरी फुसको छानो भएकोमा गत वर्ष २०० घर र यसपालि हामिले कम्तिमा ४०० घरमा जस्तापाता लगाउदै छौ भने बाँकी १५५० घरधुरीलाई क्रमागतरुपमा हाम्रै कार्यकालमा सम्पूर्ण फूसको छानो विस्थापन गर्ने लक्ष्य समेत लिएका छौँ, त्यसैले यस अभियानमा साथ र सहयोग गर्नका लागि सवै निकायलाई आग्रह समेत गर्दछु अध्यक्ष घर्तीले भने अध्यक्षका प्रेस संयोजक आशिष भारद्धाजले जानकारी दिए ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलवार ०५:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।