Logo

कर्णाली प्रदेशमा एकैदिन ११४ जनामा कोरोना पुष्टि



कर्णाली प्रदेशमा एकैदिन आज ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन हजार २४ पुगेको छ ।कर्णाली प्रदेश अस्पतालरपशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको प्रयोगशालामा १०५ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

ती मध्ये सुर्खेतका ६४, दैलेखका नौ, जाजरकोटका छ, कालीकोटका चार, डोल्पा, कैलाली, बाँकेका तीन÷तीन, कञ्चनपुर, अछाम र बर्दियाका दुईरदुई, सल्यान, रुकुमपश्चिम, जुम्ला र हुम्लामा एकरएक जना रहेका मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले जानकारी दिए ।

आज पुष्टि भएका कोरोना सङ्क्रमित मध्ये २८ जना सुरक्षाकर्मीहरु रहेका उनले बताए । आज नै २८ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । यस प्रदेशमा कोरोना सङ्क्रमण जितेर घर फर्किनेको सङ्ख्या दुई हजार ६३३ पुगेको छ । उनका अनुसार यस प्रदेशमा ३१४ जना आइसोलेशन र ३८९ जना कोरोनाका सक्रिय बिरामी रहेका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार २२:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।