Logo

कोशी प्रदेश

विषालु च्याउ खाँदा एकको मृत्यु, एक जना गम्भीर बिरामी



पाँचथरमा विषालु च्याउ खादा एक जनाको मृत्यु भएको छ । विषालु च्याउ खादा विरामी परेकी फाल्गुन्नद गाउँपालिका–५ कि ४८ बर्षीया सुनीता चेम्जोङको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको हो ।

साउन ७ गते चेम्जोङ र उनकी सासु सन्तमायाले जंगलबाट विषालु च्याउ ल्याएकी थिईन् । जंगली च्याउ खाएपछि दुबै जना बिरामी भएका थिए । सन्तमायाको मनमोहन अस्पताल बिर्तामोड झापामा उपचार भइरहेको छ ।

गम्भीर अवस्थामा विराटनगरको बिराट नर्सिङहोममा भर्ना भएकी सुनीताको उपचारको क्रममा मंगलबार बिहान साढे ४ बजे मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलवार ०९:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।