Logo

कोशी प्रदेश

छोराले गरे बुबाको ह*त्या



झापामा छोराले बाबुको ह*त्या गरेका छन् । शुक्रवार बिहान ३० वर्षीय छोरा प्रकाश थापाले बुबाको हत्या गरेका हुन् । कमल गाउँपालिका १ बस्ने ७० वर्षीय सूर्यबहादुर थापालाई घरायसी विवादको कारण दाउराको चिर्पटले टाउकोमा प्रहार गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

वृद्ध थापाको घटनास्थलमा नै मृत्यु भएको थियो । प्रहरी चौकी तोपगाछीबाट खटिएको टोलीले छोरा प्रकाशलाई नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार ०४:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।