Logo

लुम्बिनी प्रदेश

मान्छे मार्ने बाघ नियन्त्रणमा



बर्दियामा मान्छेमाथी आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ । आईतबार बिहान घरमा बंगुरलाई दाना दिइरहेको अवस्थामा पहरिया थारुको बाघको आक्रमणबाट मृत्यु भएको थियो । थारुलाई आक्रमण गर्ने बाघलाई अथक प्रयासपछि सोमबार बिहान ८ बजेर १८ मिनेट जादा बेहोस गराउने डाट हानेर नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक वार्डेन असोक भण्डारीले बताए ।

आइतबार बिहानदेखि नै बाघ बजार तिरै छ भन्ने खबर त्रासदि रहेको बर्दियाको ठाकुरबाबा नगरपालिका १ स्थित भुरिगाँउ बजार बाघ नियन्त्रणमा आएको खबरले अहिले चहलपहल बढेको छ । नियन्त्रणमा लिइएको बाघको अवस्था एकदमै नाजुक रहेको भण्डारीले भने। ूबाघ करिब १५ बर्ष जतिको भैसकेको र बाघहरु एक आपसमा जुध्दा यो बाघको शरीर भरि घाउहरु धेरै देखिएको छू उनले भने । एक आपसमा जुध्दा भएको घाउ पाकिसकेकोले बाघको अवस्था एक दमै नाजुक रहेको समेत उनले भने ।

बाघ धेरै बुढो भएको र खान नपाएर जंगल बाहिर गांउ तिर मान्छेलाई आक्रमण गरेको हुन सक्ने समेत उनले जानकारी दिए । अबका दिनमा पनि बाघबाट हुन सक्ने आक्रमणबाट बच्नका लागि जंगल छेउमा बस्ने स्थानीयहरुले बाघको संख्या बढेसंगै अझै बढि सजगता अपनाउनु पर्ने समेत भण्डारीले बताए ।

बाघको संख्या बढे संगै मानव र वन्यजन्तुका बिचमा द्वन्द्व कम गर्नका लागि स्थानीयहरुमा जनचेतना मुलक कार्यक्रम गरिने उनले भने । बिहिवार पनि पाटे बाघकै आक्रमण ‌बाट एक महिलाको मृत्यु भएको थियो । ४ दिनमा आक्रमण गरि बाघले २ जनालाई आफ्नो शिकार बनाइसकेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार ०९:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।