नेपाल इन्भेष्टमेन्ट बैंकको वित्तीय अवस्था कमजोर देखिएको छ । बैंक आफैले गत बिहीबार सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंक कमजोर बन्दै गएको देखिन्छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफामा गिरावट आएको छ । अन्य सूचकहरु पनि कमजोर देखिएका छन् ।
बैंक निकट श्रोतले दोस्रो त्रैमासमा सूचकहरु कमजोर देखिएको भन्दै यसलाई ओरालो यात्राको रुपमा बुझ्नु पर्ने बताएको छ । बैंकको यहिँ तरिका हो भने अन्य कमजोर बैंकले पनि सजिलै उछिन्ने बैंक निटक श्रोत बताउछ । ‘यहिँ तरिका हो भने बैंकको हालत खराब हुन्छ, अहिले निकै कमजोर देखियो सूचकहरु’ श्रोतले भन्यो, ‘अब हेरौँ तेस्रो त्रैमासमा कस्तो रिपोर्ट आउछ ।’
यस बैंकको खुद नाफामा ८ करोड रुपैयाँले गिरावट आएको हो । बैंकले अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो घटेर अहिले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ५८ करोड ६६ लाख रुपैयाँमात्रै खुद नाफा बैंकले कमाएको छ ।
बैंकको नाफामात्रै होइन अन्य सूचकहरुमा पनि राम्रो सुधार हुन सकेका छैनन् । खुद ब्याज आम्दानीदेखि प्रतिसेयर आम्दानीसम्म घटेको छ । बैंकको सञ्चालन मुनाफा २.०८ प्रतिशत घटेर २ अर्ब ३३ करोड १३ लाख रुपैयाँ कायम भएको छ भने खुद ब्याज आम्दानी पनि २ अर्ब ९८ करोड २४ लाख रुपैयाँमात्रै रहेको छ ।
बैंकको प्रतिशेयर आम्दानी १.११ रुपैयाँ घटेर २२.२७ रुपैयाँमा झरेको छ । बैंकको जगेडा कोषमा १२ अर्ब १५ करोड ३७ लाख रुपैयाँ र शेयरधनी कोषमा ३ अर्ब ११ करोड ६२ लाख रुपैयाँ सञ्चित छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको लुट : ग्राहकको आम्दानीमा बैंकको कैची
खराब कर्जाको फन्दामा ईन्भेष्टमेन्ट बैंक, करोडौं डुबाएपछि एकैदिन दुई सूचना
नेपाल इन्भेष्टमेन्ट बैंक फेरी अर्को गम्भीर बिवादमा फस्यो, अवैध ओसार पसारमा जेडटीईसँग साँठगाँठ





















प्रतिक्रिया