Logo

बैंकिङ

नेपाल इन्भेष्टमेन्ट बैंकको लुट : ग्राहकको आम्दानीमा बैंकको कैची 



बैंक तथा वित्तीय संस्थाहरु मूख्य काम भनेको ग्राहकहरुलाई सहज तरिकाले वित्तीय सेवा प्रदान गर्ने हो । नेपाल राष्ट्र बैंकले नियमन तथा सुपरीवेक्षण गर्ने भएका कारण पनि बैंकहरुको सेवा अलि भरपर्दो मानिन्छ । 

बैंकहरुले सेवा प्रदान गरेवापत नियामानुसार शुल्क पनि लिन पाउछन् । तर केहि बदमास बैंकहरुले ग्राहकको आँखा झुक्याएर मनपरी गर्ने गरेका घटनाहरु पनि बेलाबेलामा आउने गरेका छन् । कुनै एक बैंकले ग्राहक झुक्याएर मनपरी गर्दा बैंकिङ क्षेत्रकै बद्नाम हुने खतरा हुन्छ । 

यसको पछिल्लो एक उदाहरण हो नेपाल इन्भेष्टमेन्ट बैंक । पृथ्बी बहादुर पाँडे अध्यक्ष र ज्योतिप्रकाश पाँडे प्रमुख कार्यकारी अधिकृत रहेको बैंकले जनता झुक्याएर बद्मासी गर्ने गरेको छ । अचम्मको कुरा त के छ भने, यो बैंकले सोझा सिधा सर्वसाधारणको आम्दानी नै खाइदिन्छ । यो सत्य बैंकले आफ्नै ग्राहककै आम्दानी खाइदिने गरेको हामीले प्रमाण फेला पारेका छौँ । 

सामान्य नागरिकको त कुरै छोडौं बैंकले देशकै चर्चित व्यक्तिलाई समेत ठग्ने गरेको तथ्य हामीले पाइएका छौं । चर्चित नायक तथा कलाकार जय किशन बस्नेतको आम्दानी समेत खोसिदिएको छ भने हामी अनुमान गरौं सर्वसाधारणलाई कति लुटेको होला ? 

चर्चित कलाकार बस्नेतले मोबाइल टिभि नामक युटुव च्यानल चलाउँदै आएका छन् भने उक्त च्यानलबाट हुने आम्दानीमा एउटा कारोबारबाट नै १० औं हजार रुपैयाँसम्म काट्ने गरेको तथ्य फेला परेको छ । बस्नेतको अघिल्लो एक महिनामा लगभग ७० हजार रुपैयाँभन्दा बढी युटुबबाट आम्दानी भएको थियो । तर उक्त पुरा रकम आफूले नपाएको बस्नेतको गुनासो छ । 

बस्नेतको बैंक खाता नेपाल इन्भेष्टमेन्ट बैंकमा छ । युटुबबाट भएको आम्दानी बस्नेतको खाता रहेको सोहि बैंकमा नै सिधै आउँन त आउँछ तर पुरा रकम कहिले पनि आउँदैन नत समयमा आउँछ । उनको रकम आउँदा सँधै १५ प्रतिशतसम्म कटाएर मात्र बैंकले भुक्तानी दिने गर्छ । 

अन्य बैंकहरुमा पनि युटुब चलाउनेहरुको रकम जम्मा हुन्छ । नविल बैंकमा खाता भएका युटुबरहरु एक रुपैयाँ पनि नकाटिएको सुनाउछन् । ‘मेरो पनि आम्दानीको श्रोत युटुब नै हो, मेरो पैसा सधै नविल बैंकमा आउछ’ एक युटुबरले भने, ‘खै नविल बैंकमा त एक रुपैयाँ पनि काट्दैन ।’ 

नेपाल इन्भेष्टमेन्ट बैंकले युटुबको आम्दानीमात्रै होइन अन्य माध्यमबाट पनि ग्राहकलाई ठग्ने गरेको श्रोत बताउँछ । बैंकले आफ्ना ग्राहकहरुको खाताबाट थोरै थोरै रकम गर्दै धेरै ग्राहकबाट धेरै रकम काट्ने गरेको गुनासो समेत हामीलाई प्राप्त भएको छ । यस विषयमा बैंकका सीईओ पाण्डेलाई पटक–पटक सम्पर्क गर्दा पनि फोन उठाएनन् भने उनले बीचमै फोन काटे ।

नेपाल ईन्भेष्टमेन्ट बैंकको सुचना अधिकारीसँग प्रतिक्रिया लिन प्रयास गरियो तर बैंकको वेभसाईटमा उक्त पदको कुनै व्यक्ति फेला परेन न त आधिकारिक फोन नम्बर नै । समाचार सम्बन्धमा बैंकका कार्यकारी अधिकृत पाँडेलाई म्यासेज पठाएपछि भने ईन्भेष्टमेन्ट बैंकको नाम लिँदै बिजेन्द्र सुवालले फोन गरे ।

बैंकमा सुचना अधिकारी नभएको घुमाउरो तरिकाले स्विकार्दै सुवालले त्यस्तो गुनासो गर्ने मान्छेको नाम पठाउँनु म गुनासो सुन्दिन्छु भनेर उल्टै निर्देशन दिए । मिडियासम्म पुगेर गुनासो गर्ने मान्छेको मात्र मुख बन्द गर्ने सुवालको चतुर्याईंबाट पनि बैंकको सर्वसाधारण ठग्न काईदा प्रस्ट हुन्छ । बैंकको बद्मासीबारे हामीले थप खोज गरिरहेका छौं । थप प्रमाण पाएमा अन्य विषयमा पनि हामीले समाचार प्रकाशन गर्नेछौं ।

प्रकाशित मिति : भाद्र २४, २०७७ बुधबार  ५ : ०१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।