युनेस्कोले सगरमाथा राष्ट्रिय निकुञ्जलाई विश्वसम्पदा सुचीमा राख्ने वा नराख्ने विषयमा प्रश्न उठाएको छ । निकुञ्जमा व्यापारीहरुको होटm देखेपछि युनेस्कोले यस्तो प्रश्न गरेको हो। सोलुखुम्बु जिल्लामा अवस्थीत राष्ट्रिय निकुञ्जलाई त्यहाँको नाम्चे बजारपारि कोङ्दे क्षेत्रबाट सर्वोच्च शिखर सगरमाथा मात्र नभई उच्च शिखर ल्होत्से, मकालु, चो–यु, ग्याजुङ खाङ र अमादब्लम नजिकै देखिने भएकाले सन् १९७९ मा विश्वसम्पदा सुचीमा सुचीकृत गरिएको थियो । । अहिले सोही कोङ्देको अद्वितीय भ्यु प्वाइन्टमा व्यापारीको होटेल उभिएपछि युनेस्कोले नेपाल सरकारलाई सोधेको छ– अब सम्पदा सूचीमा राख्नुपर्ने कारण के छ ? यो सामारचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।
समाचार अनुसार सगरमाथा राष्ट्रिय निकुञ्जलाई राज्यले माया नगरे पनि यो सम्पदामाथि भएको ज्यादतीले संयुक्त राष्ट्रसंघ शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) चिन्तित छ । निकुञ्ज क्षेत्रमा होटेल निर्माण सुरु भएदेखि नै युनेस्कोले नेपाल सरकारलाई पटकपटक पत्र लेखेको छ । यो ठाउँमा होटेल बन्नाले सगरमाथा क्षेत्रको सौन्दर्य र महत्व संकटमा परेको युनेस्कोको ठहर छ ।
माओवादी हमलामा मालपोत अधिकृत मारिएपछि उनको नाममा नक्कली हस्ताक्षर गरेर निकुञ्जको ५० रोपनी जग्गा यती एयर समूहले कब्जा गरेको ठहर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको थियो । १० मंसिर ०५८ मा माओवादीले सोलुखुम्बुमा हमला गर्दा तत्कालीन मालपोत अधिकृत भीमबहादुर सम्बाहाम्फेको पनि मृत्यु भएको थियो । राति हमला भयो, दिउँसो उनले निकुञ्जको जग्गा नामसारी गरिदिएका थिए भन्ने कागज बनाएर यती एयरका तत्कालीन सञ्चालक आङछिरिङ शेर्पा र उनका भाइले निकुञ्जको ५० रोपनी जग्गा आफ्नो नाममा सारेका थिए ।
तर, अख्तियारको निर्देशनअनुसार प्रहरीको विधिविज्ञान प्रयोगशालाबाट परीक्षण गर्दा मालपोत अधिकृतको हस्ताक्षर किर्ते गरिएको पुष्टि भएको थियो ।





















प्रतिक्रिया