Logo

प्रमुख समाचार

राष्ट्रिय गौरवका आयोजना बुझ्न उर्जा र अर्थमन्त्रालयकाे बैठक



उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको अवस्था र बजेटको स्रोत व्यवस्थापनबारे उर्जा र अर्थमन्त्रालयका उच्च अधिकारीको संयुक्त बैठक भएको छ ।

बैठकमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन अनन्त र अर्थमन्त्री युवराज खतिवडा सहित उर्जा सचीव युवराज खतिवडा, अर्थसचिव दिनेश घिमिरेसहित दुबै मन्त्रालयका उच्च अधिकारी समेत सम्मिलित छन् ।

बैठकले उर्जा मन्त्रालय अन्तर्गतका योजनाहरुको अवस्था सहित राष्ट्रिय गौरवका आयोजनाहरुको हालको अवस्था र बजेटको स्रोत ब्यबस्थापनबारे छलफल भएको छ । बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ समेत सहभागी छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आईतवार ११:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।