Logo

समाचार

प्रवास नेपाली ज्ञान, अनुभव र राष्ट्रिय भावनाको ठूलो शक्ति हो: अध्यक्ष दाहाल



काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले देशबाहिर रहेका नेपाली केवल श्रमशक्ति मात्र नभई ज्ञान, अनुभव र राष्ट्रिय भावनाको महत्वपूर्ण स्रोत भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा गैरआवसीय नेपाली संघ (एनआरएनए)द्वारा आयोजित पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै उनले प्रवासमा रहेका नेपालीले नेपालसँग जोडिएको बौद्धिक र भावनात्मक योगदान दिइरहेको उल्लेख गरे ।

उनका अनुसार गैरआवसीय नेपाली संघले विश्वभर रहेका नेपालीलाई केवल सञ्जालमा जोड्ने मात्र नभई उनीहरूको अनुभव, क्षमता र चिन्तनलाई नेपालसँग जोड्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

उनले भने,‘देशबाहिर रहेको नेपालको ठूलो जनशक्ति केवल श्रमको जनशक्ति मात्र होइन् । त्यो ज्ञान, अनुभव र राष्ट्रिय भावनाको जनशक्ति पनि हो । यही सन्दर्भमा गैरआवसीय नेपाली संघको भूमिका अत्यन्त महत्वपूर्ण छ । यस संस्थालाई विश्वभर रहेका नेपालीलाई केवल सञ्जालमा बाँध्ने काम मात्र गरेको छैन् । नेपाली अुनभव, क्षमता र चिन्तनलाई नेपालसँग जोड्ने काम पनि गर्दै आएको छ ।’

उनले सार्वजनिक गरिएको पुस्तकलाई केवल प्रकाशन सामग्रीको रूपमा नभई राष्ट्रिय बहसको प्रारम्भिक दस्तावेजका रूपमा लिनुपर्ने धारणा राखे ।

उनका अनुसार ति पुस्तकको गम्भीर अध्ययन, समीक्षा र बहसमार्फत उपयोगी निष्कर्ष निकाल्न सके देश विकासमा महत्वपूर्ण योगदान पुग्नेछ ।

उनले भने,‘राष्ट्रनिर्माण केवल सरकारको काम मात्र होइन् । यो साझा दायित्व हो । जहाँ राज्य, समाज ,नागरिक बुद्दिजिवी ,युवा पुस्ता, प्रवास नेपाली समुदायको उत्तिकै भूमिका हुन्छ । त्यसैले आज सार्वजनिक पुस्तकलाई म केवल प्रकाशन सामग्रीको रुपमा मात्र होइन् । राष्ट्रिय बहसका प्रारम्भिक दस्तावेजको रुपमा हेर्न चाहन्छु । यी पुस्तकको गम्भीर अध्ययन, समिक्षा र बहस गरेर उपयोगी निष्कर्ष सामाजिक सोचसँग जोड्यो भने यी पुस्तक देश विकासमा कोशेढुंगा सावित हुन्छ । देश योजनाले मात्र होइन् दृष्टिकोणले बन्छ । देश केवल नाराले बन्दैन् । देश अनुशासन र साझा प्रतिबद्धताले बन्छ ।’

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार १५:४६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।