Logo

अर्थ

सेयर बजारमा सामान्य वृद्धि, ५ अर्ब २७ करोडकाे कारोबार



काठमाडौं । आज साताको अन्तिम दिन सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक १.५४ अंकले बढेर २,७८८ को विन्दुमा कायम भएको छ ।

आज ८७ कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ कम्पनीको मूल्य घटेको छ ।

आज ५ अर्ब २७ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिडी पावरको सेयर कारोबार भएको छ । यस कम्पनीको २७ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।

आज सबैभन्दा धेरै पाल्पा सिमेन्ट, शिखर पावर कम्पनी र माई खोला हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले १२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मेच्छियाम हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ३.५० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार १५:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।