Logo

प्रमुख समाचार

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकलाई मन्त्रालय तानियो



काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरलाई अर्थ मन्त्रालयमा तानिएको छ।

दीपक भट्ट र सुलभ अग्रवाल संलग्न हिमालयन रि इन्स्योरेन्सको शेयर प्रकरणमा उनको नाम समेत जोडिएपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले उनलाई विभागबाट फिर्ता बोलाउने निर्णय गरेका हुन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्ट र अग्रवालमाथि अनुसन्धान प्रक्रिया अघि बढाइरहेका बेला महानिर्देशक ठाकुरकी पत्नीको नाममा समेत सो कम्पनीको शेयर रहेको तथ्य सार्वजनिक भएपछि मन्त्रालयले कदम चालेको हो।

यस घटनापछि विभागको नेतृत्वबारे अन्योल सिर्जना भएको छ भने नयाँ महानिर्देशकको नियुक्तिबारे हालसम्म निर्णय भइनसकेको जनाइएको छ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार १५:०५   :  बजे

246
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।