कोहलपुरमा आइतबार बिहान ट्रकले विद्यार्थीलाई ठक्कर दिएपछि उत्पन्न भएको आक्रोसमा प्रहरीको गोली लागि घाइते भएका दुईजना विद्यार्थीलाई पनि काठमाडौं ल्याईएको छ ।
ट्रकको ठक्करबाट घाइते भएकी प्रकृति चन्द र अन्य दुई जना विद्याथीलाई नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं ल्याईएको हो ।
आइतबार विद्यालय जान सडकमा हिँडिरहेकी विद्यार्थी चन्दलाई ट्रकले ठक्कर दिएपछि विद्यार्थी र स्थानीयले ट्रकमा आगजानी गरेका थिए ।
त्यसपछि प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले प्रहरीले गोली चलाउँदा २ जना विद्यार्थीलाई गोली लागेको थियो ।
तस्बीरःकाचुली खबर डट.कम.बाट




















प्रतिक्रिया