बर्दियाको ठाकुरबाबा नगरपालिका–२ मा बुधबार ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भैरहवाबाट रड लिएर धनगढीतर्फ जाँदै गरेको लु२ख १०६८ नम्बरको ट्रक बुधबार बिहान ४ बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय बग्नाहाले जानकारी दिएको छ ।
ट्रकमा चालक, सहचालक र दुई महिला यात्री रहेकोमा तीन जनाको मृत्यु भएको हो भने घोराही–११ निवासी चालक कर्णबहादुर चौधरी घाइते छन् । उनलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाइएको बर्दिया प्रहरीले जनाएको छ ।
प्रहर अनुसा गुल्मी घर भएका अन्दाजी २५ वर्षीय सहचालक निमबहादुर सार्कीसहित दुई महिलाको दुर्घटनास्थलमै मृत्यु भएको हो । मृतक दुवै महिलाको सनाखत हुन सकेको छैन । दुवै महिला कुसुमबाट उक्त ट्रकमा चढेको अनुसन्धानबाट खुलेको छ ।
उनीहरुको ठेगाना र कहाँ जान लागेका थिए भन्नेबारे अझै केही जानकारी नभएको बतइएको छ । ट्रक पल्टिएर च्यापिएको अवस्थामा जेसीबीको सहयोगमा उद्धार गरिएको प्रहरीको भनाइ छ ।




















प्रतिक्रिया