Logo

पत्रपत्रिका

उपकुलपति सिफारिस गर्न बनेको सर्च कमिटी नै प्रधानमन्त्रीबाट नाम पर्खदै



चार विश्वविद्यालयका उपकुलपति सिफारिस गर्न गठन भएको शिक्षामन्त्री नेतृत्वको सर्च कमिटी नै प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी ओलीबाट नाम पर्खेर बसेको छ । सर्च कमिटी गठन गरेको महिनौँ बिते पनि प्रधानमन्त्री कार्यालयबाटै नाम नआउँदा सिफारिस हुन सकेको छैन् । हाल ६ विश्वविद्यालय उपकुलपतिविहीन भएका छन् ।

विश्वविद्यालय ऐनअनुसार उपकुलपति छनोट गर्न गत भदौमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठन भएको सर्च कमिटीलाई सकस भएको छ । शिक्षामन्त्रीको अध्यक्षतामा कुलपति तथा प्रधानमन्त्री ओलीले कृषि तथा वनविज्ञान, नेपाल संस्कृत, पूर्वाञ्चल, पोखरा विश्वविद्यालयको उपकुलपति छनोट गर्न सर्च कमिटी गठन गरेका थिए । कमिटीमा सम्बन्धित विश्वविद्यालयका सभासदस्यसमेत रहने व्यवस्था छ । गत भदौ पहिलो साता यी विश्वविद्यालयमा उपकुलपति पद रिक्त भएको थियो ।

राजनीतिक भागबन्डाले विश्वविद्यालयमा बेतिथि भएको भन्दै सक्षम व्यक्तिलाई उपकुलपति नियुक्त गर्नुपर्ने सुझाव सरोकारवालाले दिइरहेका छन् । सँगै रिक्त भएको त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्त भएपनि अन्य विश्वविद्यालयमा सिफारिससमेत भएको छैन् । त्रिविमा प्रा डा धर्मकान्त बाँस्कोटा उपकुलपति नियुक्त भइसकेका छन् । नयाँ उपकुलपति नियुक्त नभएपछि दैनिक काम चलाउन जिम्मेवार तोकिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए । नयाँ पत्रिकाबाट

प्रकाशित मिति : १७ पुष २०७६, बिहीबार ०३:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।