Logo

समाचार

२५औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना



इलाम । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि इलाम अस्पताल पु¥याइएको छ ।

सत्याग्रह सुरु भएको तेस्रो दिनमा आइपुग्दा उनको स्वास्थ्य अवस्था कमजोर बनेपछि शनिबार अस्पताल लगिएको हो ।

पानी मात्र पिएर सत्याग्रहमा रहेका केसीको रगतमा चिनी (सुगर) को मात्रा घटेको र बोल्नसमेत कठिनाइ भएको छ । उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि इलाम अस्पतालको स्वास्थ्यकर्मी टोली सत्याग्रहस्थल नारायणस्थान पुगेको थियो ।

उनलाई एम्बुलेन्समा राखेर अस्पताल पुर्याइएको हो ।

स्वास्थ्य परीक्षणपछि उनलाई थप उपचार तथा स्वास्थ्य निगरानीका लागि अस्पताल लगिएको हो ।

डा. केसीको स्वास्थ्य अवस्था बिग्रीदै गए पछि स्वास्थ्यकर्मीलाई तैनाथ अवस्थामा राखिएको इलाम अस्पताल श्रोतले बताएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आईतवार ०८:११   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।