Logo

प्रमुख समाचार

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार



रुकुम पूर्वमा सुत्केरी हुन नसेकेर समस्यामा परेकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका–५ की २६ वर्षीया लिलामती विकलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्याललाई जानकारी दिए ।

तीन दिनदेखि सुत्केरी व्यथा लागे पनि गाउँमा स्वास्थ्य चौकी नहुँदा उनको रक्तश्राव भएको थियो । गाउँमा विकको उपचार सम्भव नभएपछि आफन्तले प्रजिअ अर्यालाई जानकारी गराएका थिए ।

अत्यधिक रक्तश्राव भई विकको अवस्थामा गम्भीर समस्या भएको अबर आएपछि आफुले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइसँग समन्वय गरेर उद्धार गरेको प्रजिअ अर्यालले बताए । उनको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १७ पुष २०७६, बिहीबार ०६:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।