प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ ९:२० मा भारतीय राजदूत विनयमोहन क्वात्रा सँग भेट गरेको सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईमार्फत सो भेटघाटको व्यवस्था मिलाइएको बालुवाटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीले सो भेट विगत केही दिन यता सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक विवादका बिषयलाई लिएर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम लगायतका नेताहरू बिच पुनः मोर्चाबन्दीको संकेत मिलेपछि भारतीय राजदूत क्वात्रासँग भेट गरेको जनाइएको छ ।
कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल, उपाध्यक्ष गौतमका बिच बाक्लो भेटघाट तथा छलफल हुन थालेको र उक्त छलफलमा भारतीय प्रतिनिधि सहभागी भएपछि प्रधानमन्त्री ओलीले भारतीय राजदूत क्वात्रासँगको भेटमा आफू पहिले देखि नै भारतीय पक्षको रहेर काम गरेको र अहिले पनि आफू भारतीय पक्षमै रहेको जनाउ दिदैं भारतिय प्रधानमन्त्रीलाई यही सन्देश पुर्याइदिन आग्रह गरेको दावी गरिएको छ ।
कालापानी क्षेत्र नेपालको क्षेत्र हो यो विवाद मिलाइदिनुपर्यो यसले मेरो इज्जत बच्छ बरु पछि भारतलाई ‘लिज’ मा दिने व्यवस्था मिलाउने वचन दिएको समेत स्रोतको दावी छ । एक घण्टा भन्दा धेरै चलेको प्रधानमन्त्री राजदूतको भेटलाई प्रधानमन्त्री कार्यलय र भारतीय दूतावास दुबैले पुष्टि गरेका छैनन् ।
भारतीय दूतावास मार्फत प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको कालापानी फिर्ता गरिदिनोस अन्यथा त्यसपछि आइपर्ने जिम्मा भारतले नै लिनुपर्ने सन्देश पठाएको दावी गर्दै डेमो खबर नामक अनलाइनले समाचार छापेको छ ।
यो समाचार डेमो खबर बाट साभार गरिएको हो ।





















प्रतिक्रिया