२०३६ सालमा देशै भरि शिक्षकहरू जुटे
हेटौंडाको भुटनदेवि स्कुल ठाउँ पनि खोजे
आफ्ना मागमा राखे तिनले तलव खाने कुरा
संचयकोष, उपदान लगायत निवृतीको कुरा
स्थान,मान सँगसँगै पेसा धर्म खोजे
सरकारलाई झुकाएर गरे आफ्ना कुरा
मानका खातिर मान हैन, देश बनाउने कुरा
गुरूहरूले मर्दा खोजे कात्रो किन्ने कुरा
लठ्ठीमुङ्ग्री,जेल जीवन,यातनाले भरियो
हेर्दाहेर्दै देशै भर बन्द भए शिक्षालय सारा
पाठशाला चाहारेर,संगठनमा गोलबन्द पारे
दिनरातको भोक,निन्द्रा,संगठन निर्माणमा सारे
पञ्चायको दमनसगैं जोडिएथ्यो गुरूत्वको सद्भाव
अन्तर्राष्ट्रिय सम्बन्धले झुकाइ दियो तात्कालिन सरकार
मान्छे हेर्दा हँसिलो थियौ,व्यवहार अझै सरल
केलाएर समस्यालाई पहिल्याउ थियौ तिम्ले जरै
देखाउने काम भन्दा परिणाम खोज्ने गर्थ्यौ
एकता र सामुहिकता व्यवहारमा खोज्थ्यौ
मित्रता र सद्भावमा जोडिरह्याे रहन्थियो विश्वास
नामले हैन, काम र परिणामले जोडि गर्थ्यौ कुरा
स्तुतिका कुरा हैन, साथ विस्वासीलो खोज्थौ
संस्थाबाट संकिर्णता,मनो रोग हटाउन खोज्थौ
गुरूहरूमा क्रियाशील र गतिशीलता जोड्दै
शिक्षकलाई कर्मविर बनाउने बाटो चाहिँ रोज्थौ
नामको मात्रै छवि होइन,संगठन निर्माण गर्ने छवि
विचारले नजिक हुदै,सधैं सद्भाव जोड्थे छवि
साथ थियोस स्वाभिमानमा, निष्कृयतामा हैन
शिक्षकको आत्मसम्मान, बुझौं अल्छिपनमा छैन




















प्रतिक्रिया