Logo

प्रमुख समाचार

संक्रमणको अवस्था हेरेर ठाउँ अनुसार लकडाउनको प्रकृति फरक हुन्छ: उपप्रधानमन्त्री पोखरेल



विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का संक्रमित लगातार बढेसँगै नेपालमा पुनः देशव्यापी लकडाउन हुने आशंकाका बीच सिसिएमसी निर्देशक समितिका संयोजक एंव उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखेरेलले कोरोना संक्रमणको अवस्था हेरेर ठाउँ अनुसार लकडाउनको प्रकृति निर्धारण हुने जानकारी दिएका छन् ।

सुरुवाती दिनमा देशव्यापी एउटै प्रकृतिको लकडाउन गरिएको भएपनि अब भने संक्रमणको अवस्था हेरेर हेरेर ठाउँअनुसार लकडाउनको प्रकृति फरक हुने उनको भनाइ छ ।

महामारी बाट बच्नुका साथसाथै भोकमरी सँग समेत जुध्नुपर्ने अवस्था आएकाले पनि देशव्यापी कडा लकडाउनको पक्षमा सरकार नरहेको उनको भनाइ छ । तर, कोरोना संक्रमणको बढ्दो प्रभावलाई रोक्न अति प्रभावित क्षेत्रमा भने लकडाउनमा कडाइ गर्नुको अर्को विकल्प भने नरहेको समेत उनले जानकारी दिए ।

सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै गत वर्षको चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरेपनि नागरिक दबाब र निजि क्षेत्रको दबाबका कारण गत जेठ २८ देखि लकडाउन खुकुलो पार्ने निर्णय गरेको थियो ।

पछिल्ला दिनमा कोरोना संक्रमितको संख्यामा निरन्तर वृद्धि देखिएसँगै पुनः लकाडाउन कडाइ गर्न सरकारलाई दबाब परेको सार्वजनिक भएको बेला उपप्रधानमन्त्री पोखरेलको यस्तो धारणा सार्वजनिक भएको हो ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार १२:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।