Logo

प्रमुख समाचार

४८२ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १४ हजार नाघ्यो



नेपालमा आज ४ सय ८२ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमित संख्या १४ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएका संक्रमितमा ३६५ पुरुष र ११७ महिला छन् । कुल १४ हजार ४६ संक्रमितमध्ये पुरुष १२ हजार २ सय ७२ र १७ सय ७४ महिला छन् ।

यसअघि हिजो कुल संक्रमित संख्या १३ हजार ५ सय ६४ पुगेको थियो । हालसम्म २९ जना कोरोना संक्रमितबाट मृत्यु भएकामा २३ पुरुष र ६ महिला छन् । देशका सबै जिल्लामा संक्रमित भेटिइसकेका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या चार हजार ६ सय ५६ जना पुगेको छ ।

९ हजार ३ सय ६० जना आइसोलेसनमा रहेको उनले बताए । २४ घण्टामा ४ हजार आठ सय ८६ जनाको पिसिआर परीक्षण गरिएको छ । त्यस्तै क्वारेन्टाइनमा रहेका मानिसहरुको संख्या ४८ हजार ३ सय ६२ जना रहेका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २९ रहेको छ ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार १६:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।