Logo

प्रमुख समाचार

कोरोनाबाट ४७ दिनका शिशुको मृत्यु, मृत्यु हुनेको संख्या ३१ पुग्यो



महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ४७ दिनका कोरोना संक्रमित शिशुको मृत्यु भएको छ । मंगलबार कोरोना संक्रमण पुष्टि भएका ती शिशुको बुधबार राति मृत्यु भएको हो ।

शिशुको सोमबार घाँटीको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । शल्यक्रिया गर्नुअघि परीक्षणका लागि सोमबार राति उनको पिसिआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो ।

उनीसहित नेपालमा ३१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार १५:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।