Logo

प्रमुख समाचार

कोरोना बाट थप एक जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ३३ पुग्यो



कोरोना भाइरसको संक्रमण बाट थप एक जनाको मृत्यु भएको छ ।

गोरखा अस्पतालको आइसोलेसन कक्षमा उपचाररत ४४ वर्षीय पुरुषको शनिबार बिहान ५ः०५ बजे मृत्यु भएको गोरखा अस्पतालले पुष्टि गएको छ । मृतक पुरुष गोरखाको पालुङ्गटार नगरपालिका ७ का स्थानीय वासी हुन् ।

असार १९ गते शुक्रबार राति ९ः५५ बजे मात्रै सुगररोगबाट पीडित पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो सँगै नेपालमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ ।

 

प्रकाशित मिति : २० असार २०७७, शनिबार ०८:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।