Logo

प्रमुख समाचार

माक्स नलगाई घरबाट बाहिर निस्किए कारबाही गर्न गृहमन्त्रायको प्रहरीलाई निर्देशन



सरकारले मास्क नलगाउनेमाथि थप कडाई गर्ने भएको छ । गृहमन्त्रालयले मास्क नलगाई घरबाट निस्किएको पाए कडा कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

गृहमन्त्रालयका अनुसार सरकारले तोकेको मापदण्ड पूरा नगर्नेहरुलाई कडा कार्वाही गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमण लगातार बढिरहेका कारण पुरानै निर्णय कडाइका साथ लागु गर्न लागिएको गृहमन्त्रालयले जानकारी दिएको छ ।

‘सरकारले दुई मिटरको दूरी कायम गर्नुपर्ने, मास्क लगाएर मात्र बाहिर निस्किनुपर्ने नियम ल्याएको छ । त्यसलाई कार्यान्वयन गर्न सम्बन्धित निकायलाई हामीले निर्देशन दिएका छौं ।’ गृहमन्त्रालयका एक अधिकारीले भने ।

पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभरी कोरोना संक्रमित बढिरहेका छन् । त्यस्तै सर्वसाधारणको भिडभाड बढ्दै गएकाले थप सजकता अपनाइएको उनले बताए ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार १६:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।