Logo

प्रमुख समाचार

काठमाण्डौमा ५४ सहित १८० जना कोरोना संक्रमित थपिए



नेपालमा काठमाण्डौमा ५४ सहित थप १८० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार नेपालमा आइसोलेसनमा ९ हजार १ सय १८ जना कोरोना संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा २ सय ६४ जना र आज सम्म ६ हजार ८ सय ११ कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

विगत २४ घण्टामा ४ हजार ७ सय १० जनाको पिसिआर परीक्षण भएको छ । आजको संक्रमितको संख्या आज सम्मकै कम हो । लगातार दुई दिन संक्रमित वृद्धिदर दुई सयको लाइनमा रहेको छ । यसअघि ७ सयको लाइनमा संक्रमित थपिएको तथ्यांक थियो ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार १६:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।