Logo

प्रमुख समाचार

काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



 

काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौं उपत्यकाका थप ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍। जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार संक्रमितहरु काठमाडौं तीन, ललितपुर पाँच र भक्तपुरका एक जना रहेका छन्।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १६ हजार ९ सय ४५ पुगेको छ। संक्रमितमध्ये हालसम्म १० हजार २ सय ९४ जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ।

प्रवक्ता गौतमका अनुसार सोमबार कोरोनालाई जितेर १७०५ जना घर फर्किएका छन्।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार १७:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।