संयुक्त राज्य अमेरिकमा दैनिक कोरोना भाइरसको संक्रमणको दर उच्चगतिमा बढ्दै गइरहेको छ । अमेरिकमा पछिल्लो २४ घण्टामा एकैदिन ६८ हजार ४ सय २८ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।
यसैगरी गत २४ घण्टामा अमेरिकामा ९७४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
अमेरिकामा कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित देश हो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हाल अमेरिकामा कोरोना संक्रमितको संख्या ३५ लाख ६३ हजार ८ सय ४८ पुगेको छ ।
यसैगरी मृतकको संख्या १ लाख ३८ हजार २६७ छ ।





















प्रतिक्रिया