Logo

प्रमुख समाचार

स्वास्थ्यकर्मीहरुको मनोवल गिराउने कार्य प्रति ह्याम्स अस्पतालद्वारा खेद व्यक्त



स्वास्थ्यकर्मीहरुको मनोवल गिराउने कार्य  गरेको भन्दै  ह्याम्स अस्पतालले खेद प्रकट गरेको छ । अस्पतालले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालले केही समाचार माध्यमहरुले विभिन्न स्वार्थका लागि कपोलकल्पित तथा भ्रामक समाचारहरु प्रकाशन गरेको उल्लेख गर्दै उक्त कार्य प्रति खेद प्रकट गरेको हो ।

बिरामीहरुलाई नेपाल सरकारले तोकेको अस्पतालबाट कोभिड–१९ को निशुल्क सेवा लिन आग्रह गरेको छ । अस्पतालका चिकित्सक लगायतको टोलीले नेपाल सरकारले तोकेको अस्पतालमा जान र सो अस्पतालमा निशुल्क उपचार लिन बिरामी सँग आग्रह गरेको छ  कोभिड १९ ले विश्वभरी नै विषम परिस्थितीको सिर्जना भएको उल्लेख गर्दै नेपालमा पनि उक्त महामारीले सामाजिक तथा आर्थिक हिसावले ठूलो असर परेको जनाएको छ ।

स्वास्थ्य सेवा प्रवाह क्षेत्रमा यसको प्रत्यक्ष असर परेको छ । एकातर्प आर्थिक रुपले संकट पर्न गएको छ भने अर्को तर्पm स्वास्थ्यकर्मीहरु संक्रमित हुने जोखिम उत्तिकै बढी छ । स्वास्थ्यकर्मीहरुको मनोवल उच्च राख्दै यस महामारी संग लड्नु आज सवैको दायित्व हो । अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतीन्द्र शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अस्पतालको स्थापनाकाल देखि नै हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स अस्पताल) ले सेवाग्राही विरामीहरुलाई सर्वसुलभ रुपमा विश्वस्तरीय सेवा प्रदान गर्दै आएको विज्ञप्तिमा जनाएको छ । कोभिड–१९ ले सिर्जना गरेको यस भयावह परिस्थितीमा समेत यस अस्पताल तथा स्वास्थ्यकर्मीले रत्तिभर विचलित नभई गुणस्तरीय सेवा प्रदान गरिरहेको दाबी समेत गरेको छ ।

आफ्नो दायित्व सम्झेर अटोठ भावनाका साथ सेवा प्रवाह गरिरहेको अवस्थामा समेत  भ्रामक समाचारहरुआएको उल्लेख गर्दै कुनै सत्य तथ्य नभएको जानकारी समेत गराएको छ ।

बिरामी भई यस ह्याम्स अस्पताल मा सेवा लिने क्रममा कोभिड – १९ पोजिटिभ देखिएको अवस्थामा अस्पतालका चिकित्सक लगायतको टोलीले नेपाल सरकारले तोकेको अस्पतालमा जान र सो अस्पतालमा निशुल्क उपचार लिन बिरामी सँग आग्रह गगरेको छ ।  त्यस पश्चात यदि बिरामीबाट यसै अस्पतालमा उपचार गर्ने र अस्पतालले तोकेको शुल्क तिर्ने मन्जुरी दिएको अवस्थामा मात्र अस्पतालले सो बिरामीलाई स्वास्थ्य मन्त्रालय तथा यस अस्पताल ले तय गरेको गाईडलाईन आधारमा उपचार गरीने विज्ञप्तिमा जनाएको छ।

पिसीआर रिपोर्टको सम्बन्धमा शनिबारसम्म पिसीआर रिपोर्ट ह्याम्स अस्पतालले निर्देशिका बमोजिम विरामीको आवश्यकता अनुसार स्वास्थ्य मन्त्रालयले तोकेको अस्पतालमा टेष्ट गर्न पठाउने गरेको पनि जनाएको छ।

हेनुहोस विज्ञप्ति जस्ताको त्यस्तै

 

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार १६:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।