के कोरोना भाइरसको भ्याक्सिन पत्तालगाउन विश्वका शक्तिशाली देशहरुबीच होड चलिरहेको छ । तर, केही विकसित देशहरुले भने कोरोना भाइरसको भ्याक्सिन तेस्रो चरणमा पुगेको छिट्टै नै पत्ता लगाउने र यस भ्याक्सिनले कोरोनासँग लड्नका लागि इमिनिटी पावर बढाउनका लागि सहयोगत्मक भूमिका खेल्ने छ ।
त्यसका लागि विश्वस्वाथ्य संगठनले पनि कोरोना भाइरसको भ्याक्सिन पत्ता लाग्न अझै केही समय लाग्नेृ र पत्ता लागेको औषधिले कोरोना भाइरसलाई पूर्णरुपमा नियन्त्रण गर्न भने नसकिने बताउदै आएको छ । संगठनलृे कोरोना भाइरसबाट बाच्नका लागि आफैले सिक्नुपर्ने बताउदै आएका छन् ।
विश्व स्वास्थ्य संगठन ( डब्ल्यूएचओ का प्रमुख डा। टेड्रोस एडोनोम गेब्रिएससले कोभिड–१९ को भ्याक्सिन बनिहाले पनि अहिले यसको कुनै अचूक औषधी नभएको र सायद कहिल्यै पनि नबन्न सक्ने बताएका छन् ।
टेड्रोसले यसअघि पनि सायद कोरोनाभाइरस कहिल्यै समाप्त नहुने र यससँगै हामीले बाँच्न सिक्नुपर्छ बताइसकेका छन् । यसअघि टेड्रोसले कोरोना बहुरुपी भएकोले यो अन्य भाइसभन्दा पूर्ण रुपमा अलग भएको जानकारी दिएका छन् ।
डा। टेड्रोसले संसारभरीका मानिसहरुले कोरोनाको संक्रमणबाट बच्नका लागि सामाजिक दुरी, राम्रोसँग हात धुने र मास्क लगाउने नियम अपनाइरहेका छन् र यसलाई भविष्यमा पनि जारी राख्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
हालसम्म संसारभरी एक करोड ८१ लाखभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन् । यस्तै मृतकको संख्या पनि ६ लाख ८९ हजार पुगिसकेको छ ।
डा. टेड्रोसले भने, ‘थुप्रै भ्याक्सिन तेस्रो चरणको ट्रायलमा छ र हामीलाई आशा छ कि कुनै एक भ्याक्सिनले मानिसहरुलाई संक्रमणबाट जोगाउन प्रभावकारी साबित हुनेछ । यद्यपि, अहिले यसको कुनै अचुक औषधी छैन र यो कहिले पनि नभेटिने सम्भावना पनि छ । यस्तोमा हामी कोरोनाको परीक्षण, आइसोलेशन र मास्कमार्फत् रोक्ने काम जारी राख्नेछौं ।’
डा.टेड्रोसले कोरोना संदिग्ध वा कोरोनाद्वारा संक्रमित आमाहरुले आफ्नो शिशुलाई स्तनपान गराउन रोक्न नहुने पनि जानकारी दिएका छन् ।
डा। टेड्रोस भन्छन् ‘ कोरोना भाइरसको संक्रममितले आफ्नो सन्तानहरुलाई स्तनपान गराउन पर्ने र र बालबालिकालाई सुरक्षित राख्नका लागि जरुरी छ । ’




















प्रतिक्रिया