होइन । रुसले तयार पारेको मात्र भ्याक्सिन कोरोना भाइरस विरुद्धको भ्याक्सिन अन्तिम भ्याक्सिन नभएको बैज्ञानिकहरुले बताएका छन् ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले काेराेना भाइरसकाे भ्याक्सिन नै निकै प्रभावकारी हुने उनकाे दाबी छ ।
तर, बैज्ञानिकहरूले भने यस भ्याक्सिन नै अन्तिम नभएकाे बताएका छन् । अहिले पत्ता लगाएकाे भ्याक्सिन तेस्राे परिक्षणमै रहेकाले यस बारेमा अझै समय लाग्न सक्ने बताएका छन् । त्यस्तै िवश्वस्वाथ्य संगठनले पनि यस काेराेना भ्याक्सिनबारेमा कुनै मान्यता दिएकाे छैन् ।
यो खोपलाई मानिसमा दुई महिनासम्म परीक्षण गरिएको र सुरक्षा मापदण्डमा खरो उत्रिएको दाबी गरिएको छ ।
यो भ्याक्सिनलाई रुसके स्वास्थ्य मन्त्रालयले पनि मञ्जुरी दिएको छ । अब रुसमा धेरैभन्दा धेरै व्यक्तिलाई यो भ्याक्सिन दिन सुरु गरिने बताइएको छ ।
यद्यपि, रुसले जुन तीब्र गतिमा कोरोनाको भ्याक्सिन हासिल गरेको दाबी गरिरहेको छ त्यसले वैज्ञानिकको जगतमा चिन्ता निम्त्याएको छ ।
तर भ्याक्सिन बनाउने होडबाजीमा लागेको रुस पहिलो देश भने होइन ।
सयभन्दा बढी भ्याक्सिन सुरुवाती चरणमा छन् र २० भन्दा बढी भ्याक्सिन मानिसमाथि परीक्षण भइरहेको छ ।
अमेरिकामा ६ प्रकारको भ्याक्सिनमाथि काम भइरहेको छ र अमेरिकाका चर्चित कोरोनाभाइरस विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले पनि वर्षको अन्तसम्म अमेरिकासँग एक सुरक्षित र प्रभावकारी भ्याक्सिन हुने बताएका छन् ।
ब्रिटेनले पनि कोरोनाभाइरस भ्याक्सिनको विषयमा चार सम्झौता गरेको छ ।
एस्ट्राजेनेकाले कोरोना भ्याक्सिनको १० करोड खुराक तयार गरिरहेको छ । अक्सफोर्ड युनिभर्सिटीमा वैज्ञानिक काम गरिरहेका छन् र औषधी कम्पनी जिएसके र सनोफी पनि यसको उपचार खोजिरहेको छ ।
मंगलबार इन्डोनेशिया र मेक्सिकोले आफ्नो देशमा पनि कोरोना भ्याक्सिनको अन्तिम चरणको क्लिनिकल ट्रायल चलिरहेको बताएका छन् ।
स्रोतः बीबीसी




















प्रतिक्रिया