पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकमा २०० सहित थप ७०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २९,६४५पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै विहिबार थप २६४ जना संक्रमित उपचार पश्चात घर फर्किएका छन् । नेपालमा हाल सम्म १७,९६४ जना संक्रमित उपचार पश्चात घर फर्किएको स्वास्थ्य मन्त्रालय जनाएको छ ।




















प्रतिक्रिया