Logo

प्रमुख समाचार

कोरोना संक्रमणबाट आमा-छोराको मृत्यु



धरानमा कोरोना भाइरस संक्रमणबाट आमा छोराको मृत्यु भएको छ । सुनसरीको धरान उपमहानगरपालिका-१७ की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आइतबार बिहान कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो ।

बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै प्रतिष्ठानमा  भर्ना भएका  आमाको बिहान ८ :३० र छोराको ७ :४५ बजे मृत्यु भएको जनाइएको छ ।

चिकित्सकका अनुसार महिलालाई मधुमेह र उच्च रक्तचाप तथा छोरालाई मधुमेह र कलेजोमा समस्या थियो । दुवैलाई १० दिनदेखि खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । उनीहरूको मृत्युपछि पीसीआर रिपोर्ट आउँदा दुवैमा कोरोना पोजिटिभ देखिएको हो ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आईतवार १३:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।