चितवन स्थित भरतपुर अस्पतालमा एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । सोमबार भरतपुर अस्पतालको आइसियूमा उपचाररत भरतपुर महानगरपालिका वडा नं। ६ का ७८ वर्षीय पुरूषको उपचारको क्रममा निधन भएको हो ।
ती वृद्धमा भदौ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या भएपछि भरतपुर अस्पतालको आइसियूसहित भेन्टिलेटरमा राखेर उनको उपचार गरिएको डा.प्रमोद पौडेलले बताए ।




















प्रतिक्रिया