नेपालमा पछिल्लो २४ घण्टामा चार वर्षीया बालिका सहित ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चार वर्षीय एक बालिका सहित १० जना पुरुष रहेका छन् ।
मृतकहरुमा महोत्तरीकी चार वर्षीया बालिका, महोत्तरीकै ३७ वर्षीय पुरुष,सिहराका ६५ वर्षीय पुरुष, पर्साका५३,८० र ६० वर्षीय पुरुष रहेका छन् । त्यस्तै बाराको ६० वर्षीय पुरुष,चितवनका ५२ वर्षीय एक पुरुष, काठमाडौंका ७०, ३५ वर्षीय पुरुष र मकवानपुरुको ५८ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाएका छन् ।
यो सँगै नेपालमा कोरोना कारण मृत्यु हुनेको संख्या २३९ पुगेको छ ।




















प्रतिक्रिया