Logo

समाचार

शनिवार विहान ५ बजेबाट वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा



कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै वीरगञ्जलाई शनिबार बिहान ५ बजेदेखि अनिश्चितकालिन रुपमा निषेधआज्ञा गरिने भएको छ ।  जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सर्वपक्षीय बैठकले साउन १० शनिबार बिहान ५ बजेदेखि वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय गरेकोे हो ।

वीरगञ्जमा शुक्रबार र बिहीबार गरी कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएका साथै ७५ जना संक्रमित देखा परेपछि निशेधआज्ञा जारी गर्ने निर्णय गरेको हो ।

सुरक्षा समितिको बैठकले बृहत् सर्वपक्षीय बैठकको माध्यमबाट निर्णय लिने भनेपछि शुक्रबार सर्वपक्षीय बैठक बसेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कार्कीको अध्यक्षतामा भएको बैठकले लकडाउन, कर्फ्यु र निषेधाज्ञा के लगाउने भन्ने विषयमा छलफल भएको र निषेधाज्ञा जारी गर्ने कुरामा सबै एक भएको बैठकमा सहभागी नेकपा पर्साका अध्यक्ष प्रभू हजारले बताए

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार १५:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।