Logo

प्रमुख समाचार

प्रहरी प्रधान कार्यालयका चार जनामा कोरोना संक्रमण



विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाा भाइरस संक्रमण अझै नियन्त्रण बाहिर रहेको छ । नेपालमा कोरोना संक्रमणका कारण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतका विभिन्न क्षेत्रमा कार्यरत व्यक्ति र सर्वसाधरणमा कोरोना भाइरस संक्रमणबाट ग्रस्त हुन पुगेका छन ।

त्यस्तै आइतबार प्रहरी प्रधान कार्याालयमा कार्यरत चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाइएको छ ।नेपाल प्रहरीका प्रवक्ता डिआइजी निरज शाहीले चार जनामा कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरूको स्वाव संग्कलन गरेको बताए।

उनीहरुको लक्षण कोरोनासँग मिल्दो जुल्दो भएकाले प्रहरीको स्वाब प्रहरी अस्पतालमा पठाएका प्रवक्ता शाहीले जानकारी दिए । उनले भने, उताबाट अन्तिम परीक्षणको लागि टेकू पठाएका छन्। हाल मुलकभर १२० जना प्रहरीहरुमा कोरोनाा पुष्टि भएको र जसमध्ये एक सय जना निको भइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आईतवार १३:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।