पछिल्लो समय निरन्तर उकालो लागेको सुनको भाउ बिहिबार तोलामा ९९ हजार पुगेको छ। बुधबारको तुलनामा बिहिबार तोलामा ५ सय रुपैयाँ बढेर ९९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ अहिलेसम्मकै महंगो हो ।
विश्वव्यापी कोरोना भाइरस बढेसँगै डलरको मूल्य वृद्धि र हङकङको विषयलाई लिएर चीन र अमेरिकाबीच भएको आन्तरिक द्धन्द्धका कारण सुनको मूल्य बढेको सुनचाँदी व्यवसायीले जनाएका छन । चाँदीको भाउ भने आज पनि तोलाको १२ सय २५ रुपैयाँ कायम रहेको छ ।





















प्रतिक्रिया