Logo

अर्थ

१५ किलो सुन प्रकरण- तीन भारतीय नागरिक पक्राउ



दुई थान पेस्तोल र १५ किलो सुन जस्तो देखिने बस्तु फालेर भागेको अभियोगमा तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पूर्वी नवलपरासीको दुम्कीबासबाट देवान पटेल, विजय पटेल र निलेश सखियालाई पक्राउ गरेको हो ।

तीनैजना अभियुक्त गुजरातको राजकोटका नागरिक भएको पनि खुलेको छ ।सेतो रंगको कपडाको झोला फ्याँकेर एक गाडी फरार भएको र सो झोलामा १५ किलो सुन जस्तो पहेलो धातु र दुई वटा पेस्तोल बरामद भएको प्रहरीले जनाएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार १४:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।