जिल्ला ट्राफिक कार्यालय गोरूसिंगे कपिलवस्तुले सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यका साथ कपिलवस्तु जिल्लाको वन्कसवासादेखि धानखोलासम्म सम्भावित पहिरो जान सक्ने ठाउँमा ट्राफिक सचेतना बोर्ड जडान गरेको छ।
सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यका साथै सवारी चालकलाई बाटोको बारेमा जानकारी गराउनका लागि वन्कसवासा देखि धानखोलासम्म पहिरो जान सक्ने सम्भावित ठाउँ पहिरो खस्ने स्थान लगायतका जोखिम क्षेत्रको बारेमा जानकारी दिदै सावधानी पूर्णा सुचना सहितका बाृेर्ड टाँस गरेको हो । पहिरो खस्ने ट्राफिक संकेत गरेको चित्र भएको बोर्ड जिल्ला ट्राफिक कार्यालय गोरूसिंगे, कपिलवस्तु लगायतका विभिन्न क्षेत्रमा टाँस गरिएको ट्राफिक प्रमुख प्रहरी निरिक्षक टक्कर स्वॉरले जानकारी दिए । उनी आफै उक्त ठाउँमा पुगेर बोर्ड जडान गर्ने कार्य गरेको भन्दै स्थानियवासीहरुले प्रशंसा गरेका छन् ।
पछिल्लो समयमा देशको अधिकांश भागमा लगातार वर्षा भइरहेका कारण विभिन्न ठाउँमा पहिरो जानुका साथै जनधनको क्षती लगायत सवारी साधनलाई समेत क्षति हुन सक्ने भएकाले पहिरो खस्न सक्ने सम्भावित ठाउँको पहिचान गरि सवारी दुर्घटना न्यूनिकरण गर्न, चालकलाई सावधानी पूर्वक गाडश चलाउन , सहयोग पुग्ने हुँदा उक्त ट्राफिक सचेतना बोर्ड जडान गरिएको ट्राफिक प्रहरी निरिक्षक टक्कर स्वॉरले जानकारी दिए ।





















प्रतिक्रिया