Logo

प्रमुख समाचार

अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएकी किशोरीमा कोरोना पुष्टि



गएको सोमबार नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगन्जमा उपचारका लागि ल्याउने क्रममा बाटोमै मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ ती किशोरीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।नारायणी अस्पतालको प्रयोगशालमा मंगलबार राति गरिएको परीक्षणमा उनको स्वाब नमुनामा कोरोना पोजिटिभ देखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताएका छन् । ती किशोरीको घर पर्साको पोखरिया नगरपालिका–९मा रहेको र उनी मामा घर बस्दै आएकी थिइन् ।

ती  किशाेरीलाई सोमबार पटकपटक बान्ता भएपछि अस्पताल लगिएको थियो । अस्पताल ल्याइपुर्‍याउँदा मृत्यु भइसकेको चिकित्सकले बताएका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार १०:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।