विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पर्सामा थप एक जना पुरुषको ज्यान गएको छ । यो सँगै पर्सामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्ययका अनुसार, बुधबार विहान वीरगन्ज महानगरपालिका– १५ का ४६ वर्षीय पुरुषको कोरोनाका कारण ज्यान गएको पुष्टि भएको हो ।
उनको वीरगन्जस्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा बुधबार बिहान ५ बजे मृत्यु भएको उनले बताए । यस अघि गत सोमबार पर्सामा एक किशोरीको ज्यान गएको थियो । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ ।




















प्रतिक्रिया