मलेसियाबाट फर्किएका होमक्वारेन्टाइन मृत्यु भएका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ४५ दिन पहिले मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका सप्तरीको रूपनी गाउँपालिका ५ का ४५ वर्षीय पुरूषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि हो ।
मंगलबार एक्कासी ज्वरो आएर श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि उनलाई राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल ल्याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि धरान रिफर गरिएको थियो।
धरान लैजाँदै गर्दा मंगलबार राति बाटोमै उनको मृत्यु भएको प्रदेश-२ स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए।





















प्रतिक्रिया