Logo

अर्थ

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ४८ प्रतिशत नाफा कमायो



उत्कृष्ठ जीवन बीमाको रुपमा रहेको रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा ४८ प्रतिशत नाफा कमाउन सफल भएको छ । अघिल्लो वर्ष उक्त कम्पनीले २ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको थियो।

कम्पनीले गएको वर्ष १ अर्ब ३६ करोड रुपैयाँ प्रिमियम संकलन गरेको थियो। जुन अघिल्लो वर्षको भन्दा ६४ करोडले बढी हो। कम्पनीले सार्वजनिक गरेको लेखापरीक्षण नगरिएको वित्तीय विवरण अनुसार ४ करोड ३३ लाख नाफा आर्जन गरेको जानकारी गराएको छ।

१ अर्ब ४७ करोड चुक्ता पुँजी भएको कम्पनीले गएको वर्ष रिजर्भ ३४ प्रतिशतले बढाएर १४ करोड ३२ लाख पुर्‍याएको छ।

कम्पनीको कूल आम्दानी गएको वर्षको तुलनामा ८१ प्रतिशत बढेको छ। कम्पनीले लगानी तथा ऋणबाट गएको वर्ष ९ करोड ८६ लाख रुपैयाँ आम्दानी भएको जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार ११:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।