Logo

धादिङको गलौदीमा पहिरोले दुई वटा गाडी च्यापिए



अविरल वर्षासँगै आएको पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । पृथ्वी राजमार्गअन्तरगत धादिङको गजुरी गाउँपालिका ५ गलौदीमा पहिरो जाँदा दुई वटा गाडी पहिरोमा च्यापिएका छन् ।  

काठमाडौंबाट धनगढि जाँदै गरेको ना ६ ख ६४०८ नम्बरको कन्टेनर पहिरोमा च्यापिएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी प्रमुख ए नेत्र भट्टका अनुसार काठमाडौं जाँदै गरेको एचआर ३३ ९९०१ नम्बरको भारतीय कन्टेनर पनि पहिरोमा अड्किएको छ।

पहिरोका कारण राजमार्ग पूर्ण रुपमा अवरुद्द भएकाले सडक विभागको गजुरी फिल्ड कार्यालयबाट पहिरो पन्छाउनको लागि डोजर परिचालित गरिएको छ। राजमार्ग खुलाउन १ घन्टाभन्दा बढी लाग्ने प्रहरी निरीक्षक भट्टले जनाएका छन् । पहिरोका कारण लामो त छोटो दूरीका सवारी साधनहरुको जाम लागेको छ ।

 

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  १० : ५० बजे