Logo

अर्थ

२० लाखसम्म ऋण लिने महिला उद्यमी र कृषि व्यवसायीलाई अनिवार्य बीमा



नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति अनुसार महिला उद्यमी र कृषि व्यवसाय संचालन गर्नेलाई दिइने २० लाख रुपैयाँसम्मको ऋणको अनिवार्य बीमा गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले महिलाले सञ्चालन गरेको लघु उद्यम व्यवसाय तथा कृषकले धितोमा २० लाख रुपैयाँसम्म ऋण प्रवाह गर्न सक्ने व्यवस्था गरेसँगै अनिवार्य बीमा पनि गर्नुपर्ने भएको हो ।

राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिका अनुसार २० लाख रुपैयाँकै अनिवार्य बीमा गर्नुपर्नेछ । राष्ट्र बैंकले ल्याएको यस नीतिले बीमा बजार विस्तार हुने आकलन गरिएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिकाको २४ नं बुँदामा परियोजनाको अनिवार्य रुपमा बीमा गर्ने उल्लेख गरिएको छ । उल्लेखित बुँदामा यस अघि अनिवार्य बीमाको प्रावधान नराखिएकाले उप बुँदा ‘प’ र ‘फ’ थप गरी सो व्यवस्था गरिएको हो ।

केन्द्रीय बैंकको निर्देशनले नेपालको बीमा व्यवसाय थप फराकिलो हुने बीमा व्यवसायीहरुको धारणा छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमा बीमालाई जोडेपछि बीमा प्रवद्धनमा बीमा कम्पनीहरुले जोड दिने बीमाकर्मीहरुले जनाएका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार १२:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।