Logo

अर्थ

ट्यापट्याप सेन्ड र सिटी एक्सप्रेसबीच रेमिट कारोबार सम्झौता



यूकेको ट्यापट्याप सेन्ड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सम्झौता भएको छ । अब यस सम्झौता अनुसार यूकेमा रहेका नेपालीहरुले ट्यापट्याप सेन्डको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

सम्झौतापश्चात् सिटी एक्सप्रेससँग आबद्ध १२ हजारभन्दा बढी एजेन्टहरूबाट सजिलै भुक्तानी लिन सकिने र छिट्टै नै नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा गर्न अथवा मोबाइल वालेटमा लोड गर्न सकिने कम्पनीले जनाएको छ ।

सम्झौता पत्रमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र ट्यापट्याप सेन्डका निर्देशक मिसेल फायले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार १३:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।