Logo

अर्थ

नबिल बैंकसँग पनौती र पाँचखाल नगरपालिकाले गरे उद्यमशिल कार्य संचालन सम्झौता



नबिल बैंकसँग पनौती नगरपालिका र पाँचखाल नगरपालिकाले स्थानिय तहमा उद्यमशिलता कार्यक्रम संचालन गर्न सम्झौता गरेका छन् । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र पनौती नगरपालिकाका मेयर भिम न्यौपाने तथा पाँचखाल नगरपालिकामा नबिल बैंकको बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ र उपमेयर लक्ष्मी दनुवारले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

बैंक र नगरपालिकाबीच भएको समझदारी अनुसार स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रमरतालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई नगरपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने छ । सम्झौतापत्रमा त्यस्ता कार्यक्रम/तालिमहरुमा वित्तिय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको उल्लेख छ ।

बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्युन भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गरि बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशिल कर्जा प्रवाह गर्दै आएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार १५:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।