कैलालीमा सेनिटाइजर पिउँदा एक व्यक्तिको ज्यान गएको छ । धनगढी उपमहानगरपालिका–१२ डी गाउँका ३८ वर्षीय टीकाराम बराइली विकको ज्यान गएको हो ।
आफ्नै घरमा सेनिटाइजर पिउनु भएका विकको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारको क्रममा शुक्रबार साँझ ज्यान गएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । सूचना अधिकारी शिवराज जोशीका अनुसार विकले भदौ ९ गते सेनिटाइजर पिएका थिए ।
त्यसपछि घरमै बसेका उनलाई टाउको दुख्ने समस्या भएको थियो ।
आफन्तले जुगेडामै रहेको कालिका जनसेवा क्लिनिक एण्ड डिलासैनी मेडिकलमा औषधि गराएका थिए । उपचारपछि निको हुनु भएका विकलाई घर लग्दा फेरि समस्या बल्झिएको र उपचारको लागि निसर्ग अस्पतालमा लगिएकोमा उपचारकै क्रममा ज्यान गएको जोशीले जानकारी दिए।
कोभिड महामारी सुरु भएदेखि घर–घरमा सेनिटाइजर राख्ने गरिएको छ । सेनिटाइजरको सेवनले ज्यान जाने गरेकाले सचेत हुन आवश्यक छ ।




















प्रतिक्रिया