Logo

अर्थ

मञ्जुश्री फाईनान्सको ९ हजार कित्ता संस्थापक शेयर लिलामीमा



मञ्जुश्री फाईनान्स लिमिटेडले भदौ १५ गते मंगलवारदेखि संस्थापक तर्फको ९ हजार १८७ कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता ३०० रुपैयाँ मूल्य तोकेर भदौ २० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यत्ति, कम्पनी, संघसंस्थाहरुका लागि यो शेयर विक्रीमा ल्याएको हो ।

यस अघि कम्पनीले साउन ६ गतेदेखि भदौ ८ गतेसम्म विद्यमान संस्थापक शेयरनीहरुका लागि ३५ दिने सुचना सार्वजनिक गरेको थियो । उक्त अवधिसम्म विद्यमान संस्थापकहरुबाट आवेदन नपरेकाले अन्य सर्वसाधारणले समेत खरिद गर्न सकिने गरी यो शेयर विक्रीमा आएको हो ।

शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । तोकिएको अवधिभित्र प्राप्त आवेदन भदौ २१ गते विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालय, लाजिम्पाट, काठमाडौंमा खोलिने जानकारी कम्पनीले दिएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार १६:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।